१३ बैशाख २०८१, बिहीबार

३६ जिल्लामा संक्रमण फैलियो, डाक्टरसहित ४०२ संक्रमित

coronavirus

पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ ।

कपिलवस्तुमा ‘कन्ट्याक्ट ट्रेसिङ्ग’मा गएका स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडीसीडी) एक चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएको छ् ।

चार महिनाको अवधिमा एक लाखभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएकोमा एकजना चिकित्सकसहति चार सय दुईजना संक्रमित भएका हुन् ।

हालसम्म ३६ जिल्लामा कोरोना संक्रमण विस्तार भएको छ। कोरोना पोजेटिभ भेटिएकामध्ये पुरुष ३ सय ४० जना र महिला ६२ जना छन्। संक्रमितमध्ये दुई जनाको ज्यान गएको छ भने ३७ जना निको भएर घर फर्किसकेका छन्।