१४ बैशाख २०८१, शुक्रबार

प्रत्यक्षमै १५० सिट जित्ने दाबी सहित फेरि वाम एकताको प्रस्ताव एमाले बैठकमा (प्रस्तावको पूर्णपाठसहित)

UML Stayi Commeti MK

नेकपा एमाले पोलिट्व्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिट्व्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन् ।

भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन् । वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको बताएका भुसालले एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने जिकीर गरेका छन् ।

वाम एकता गरेर स्वेतपत्र जारी गरेमा जनताले दुई तिहाइ मत दिने भुसालको विश्वास छ । वाम एकता गरेर अघि बढेमा आसन्न निर्वाचन १५० सिट जित्ने उनले दाबी गरेका छन् ।

‘अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो,’ घनश्याम भुसालले प्रस्तावमा उल्लेख गरेका छन्, ‘फेरि पनि निर्वाचन आउँदै छ ।

स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटमा १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने छर्लङ्गै छ ।’

1 1
2 3
3 2
4 2