१५ चैत्र २०८०, बिहीबार

कोरम नपुगेर रोकियो ‘अग्निपथ’माथिको छलफल 

कोरम नपुगेर रोकियो ‘अग्निपथ’माथिको छलफल 

भारतले अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिएकोबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक कोरम नपुगेर अनिश्चितकालका लागि स्थगित भएको छ । 

भारतमै विरोध भइरहेको अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी भारतले गरेको विषयमा छलफल गर्न बिहीबार  प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । तर, कोरम नपुगेर स्थगित भएको छ ।

छलफलका लागि समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पनि बोलाएको थियो । तर, मन्त्री खड्कामात्र होइन समिति सदस्यहरु नै बैठकमा अनुपस्थित भए । जसकारण बैठक स्थगित हुन पुग्यो । 

२५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थिति आवश्यक पर्नेमा जम्मा ७ जना मात्र उपस्थित भएपछि अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । 
 

    सम्बन्धित समाचार...