१४ बैशाख २०८१, शुक्रबार

काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

arest

काठमाडौं महानगरपालिका–३२ काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेका उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार...