१२ बैशाख २०८१, बुधबार

अघिल्ला चुनावमा कस्ता कस्ता मतपत्र थिए ?

अघिल्ला चुनावमा कस्ता कस्ता मतपत्र थिए ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन करिब ३ महिना बाँकी छ। मंसिर ४ गते हुने नेपालको इतिहासमा अबको आमनिर्वाचन १० औं हो ।

२०१५ सालयता ९ वटा आमनिर्वाचन भैसकेका छन् । ती निर्वाचनमा मतदान कसरी भए र निर्वाचन प्रयोजनका लागि प्रयोग भएका मतपत्र कस्ता थिए त ?

२०१५ साल फागुन ७ गते भएको निर्वाचन नेपालको पहिलो आम निर्वाचनको हो । रोचक के छ भने, त्योबेला मतपत्र नै प्रयोग भएको थिएन। १ सय ९ निर्वाचन क्षेत्र थिए । हरेक क्षेत्रमा जति उम्मेदवार हुन्छन त्यति नै मतपेटिका निर्वाचन चिन्ह सहित लस्कर राखिन्थ्यो ।

निर्वाचन अधिकृतले हस्ताक्षर गरेको एउटा कागजको टुक्रा दिइन्थो । र मतदाताले आफूलाइ मनपर्ने उम्मेदवारको मतपेटिकामा यो टुक्रा खसाए पुग्थ्यो । अन्त्यमा सबैभन्दा बढी त्यो मतको आधारमा प्रतिनिधि चुनिन्थ्यो । हालेर प्रतिनिधि चुनिन्थ्यो ।

Capture

अब कुरा गरौं, २०३७ सालको राष्ट्रिय जनमत संग्रहको ।

जनमत संग्रहको मतपत्रमा निलो र पहेंलो रंगको छुट्टाछुट्टै भाग थियो । २१ वर्ष पुगेका मतदातामध्ये बहुदल रोज्नेले निलो र पञ्चायत पक्षधरले पहेंलो रङ रोज्नुपर्ने व्यवस्था थियो । २०३८ र २०४३ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा पहिलो पटक १८ वर्षमाथिकाले मतदान गर्न पाउने व्यवस्था गरियो ।

निर्वाचनमा मत संकेतका रुपमा स्वस्तिक छापको प्रयोग प्रजातन्त्र पुनर्वहाली भएपछि २०४८ सालको निर्वाचनबाट सुरु भएको हो । मान्यता प्राप्त दलबाट उम्मेदवारी दिने व्यक्तिलाई दलकै निर्वाचन चिन्ह दिने व्यवस्था गरियो ।

1

मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मत दिन्थे । ५१ सालको मध्यावधि र ५६ सालको आवधिक निर्वाचनमा पनि मतपत्र र प्रकृया फरक थिएन्। एउटा मात्रै मतपत्र हुँदा मतदाता झुक्किँदैनथे ।

निर्दलीय र बहुदलीय सहित ४ वटा निर्वाचन गराएका पूर्वनिर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठ मतपत्रमा आएको फेरबदलले अलमल पनि बढाउँदै लगेको बताउँछन् ।

प्रत्यक्ष र समानुपातिक गरी २ वटा मतपत्र राख्न थालेको २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनदेखि हो । मतपत्रमा दल तथा उम्मेदारको निर्वाचन चिन्ह राखेर बनाइएको दुवै मतपत्रको रंग भने फरक-फरक थियो ।

२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि निर्वाचन क्षेत्र अनुसार निर्वाचित हुने प्रत्यक्ष र दलहरुलाई प्राप्त हुने मतबाट समानुपातिक गरी यही प्रणाली अपनाइयो ।

२०७४ मा यही प्रकृया दोहोरियो । यसपटक प्रदेशसभामा ३ सय ३० क्षेत्रमा समेत गरी ४ वटा मतपत्र थिए । २ वटा मतपत्र हुँदा मतदातालाइ अलमल पर्ने र बढी मत बदर हुने गरेको देखिन्छ ।

आम निर्वाचनको रुपमा मंसिर ४ गते १० औं निर्वाचन हुँदैछ । एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा मतदाताले ४ वटा छुट्टाछुट्टै मतपत्रमा छाप लगाएर योग्य उम्मेद्वार चयन गर्नुपर्नेछ ।