७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको चेतावनी: कुनै पनि देशले यो सरकार ढाल्ने र ढालिने कल्पना नगरे हुन्छ

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि देशले वर्तामान सरकारलाई ढाल्ने सपना नदेख्न चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । त्यस्तै उनले नेपालमा कुनैपनि तानाशाह र अधिनायकवादको सम्भावना नरहेको भन्दै प्रजातन्त्रबाट पनि पछि नहट्ने दाव गरे ।

उनले लिम्पियाधुरा कालापानी, लिपुलेकका सन्दर्भमा तथाकथित राष्ट्रवाद भनेर भनिएकोप्रति असहमति जनाउँदै सरकार सरकारले लम्पसारवादको बाटो नसमाएको र आगामी दिनमा पनि त्यो बाटोमा नजाने बताए ।

उनले राणा शासनको समाप्ती पछि एक देशले अर्को देशको चेकपोस्टमा सेना राख्ने काम गरेको भन्दै मन्त्रिपरिषदमा राजदूत ल्याएर राख्ने कामसमेत भएको उदाहरण दिए । तर वर्तमान सरकार राष्ट्रियता नझुक्ने भन्दै कुनैपनि देशको भूगोल सानो वा ठुलो हुने भएपनि राष्ट्रियता सानो ठुलो नहुने बताए ।

उनले सवै देशको राष्टियता बराबरा हैसियतकोे हुने भन्दै आफ्ना नीति आफ्नो देशले प्रयोग गर्न पाउनुपर्ने धारणा राखे । उनले नेपालको स्वाभिमानमाथि कमजोर र निम्छरा बचन कुनै पनि देशलाई नबोल्न सुझाव पनि दिए । ‘कुनै देशको आशिवार्दबाट बन्ने, टिक्ने ढल्ने र ढालिने कल्पना नगरे हुन्छ । यो जनताको इच्छाको प्रकटिकरण हो ।’

उनले लिम्पियाधुरा र कालापानीको विषय ओझेल पार्न नदिइने भन्दै उक्त भूमि फिर्ता लिएरै छाड्ने दावी गरे । उनले उक्त भूमिमा नेपालले अर्घयेलाई नगरेको भन्दै ठोस कुटनीतिक माध्यमबाट फिर्ता ल्याएरै छाड्ने घोषणा गरे । उनले आजभोली नै लिम्पियाधुरासहितको नक्सा जारी गर्ने र उक्त भूमि फिर्ता लिएर छाड्ने विश्वास दिलाए ।

प्रधानमन्त्रीले सवैभन्दा बढि महत्वको भूमि फिर्ताको विषय जरुरी भएकाले संविधान संशोधनको आवश्यक परे प्रस्ताव सदनमा आउने र पास हुने विश्वास समेत व्यक्त गरे । यसमा दुविधारहित ढंगले जाने कुरा पुरा हुन्छ । उनले संविधानको अनुसूचि ३ संसदले पारित गरेका दिन देशमा दीपावली हुने समेत विश्वास व्यक्त गरे ।