१३ बैशाख २०८१, बिहीबार

आसन्न निर्वाचन भयरहित र निष्पक्ष सम्पन्न हुनेमा बिश्वस्त तुल्याउन देउवालाई ओलीकाे सुझाव

Fa55aapaQAE4soD

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार पुग्नुभएका नेकप एमालेका अध्यक्ष केपी ओलीले आसन्न निर्वाचन भयरहित र निष्पक्ष सम्पन्न हुनेमा सबैलाई विश्वस्त तुल्याउन देउवालाई सुझाव दिनुभएकाे छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको संवादहीनता तोड्दै आफ्नो पार्टीका केही नेतासहित बालुवाटार पुग्नुभएका ओली करिब डेढ घन्टा लामो छलफलका क्रममा प्रधानमन्त्री देउवालाई उक्त सुझाव दिनुभएकाे हाे ।

स्रोतका अनुसार ओलीलाई छलफलका लागि देउवाले नै बोलाउनुभएकाे थियाे ।

भेटमा सत्तापक्षबाट देउवासँगै सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्याे । प्रमुख प्रतिपक्षबाट ओलीसँगै एमाले उपाध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेल सहभागि हुनुभएकाे थियाे ।

ओलीले निर्वाचन घोषणा र नागरिकता विधेयक संसदबाट पारित गराउने वेला सरकारले प्रमुख प्रतिपक्षी दललाई पूरै बेवास्ता गरेको भन्दै एक्लै हिँडेर ठीक ठाउँमा पुग्न नसकिने धारणा व्यक्त गर्नुभएकाे स्राेतकाे भनाइ छ।

प्रधानमन्त्री देउवाले अब प्रमुख प्रतिपक्षी दलसँग पनि सरकार निरन्तर संवादमा रहने बिश्वास दिलाउनुभएकाे बताइएकाे छ ।