७ बैशाख २०८१, शुक्रबार

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र पोखराबाट १८ जना पक्राउ

tass juwa

काठमाडौं र पोखरामा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३६ वर्षीय भोला तिमिल्सेना समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार २५० रुपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१० उत्तम चोकबाट लुडो खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१९ पुरन्चौर बस्ने ३६ वर्षीय श्याम श्रेष्ठ समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपैयाँ बरामद गरेको छ ।

    सम्बन्धित समाचार...