१६ आश्विन २०७९, आईतवार

मायामा बाँधिए अनु र सुनिल, निक्सन र प्रविशाको गीत रिलीज (भिडियो)

Mayale Badhera Hera1

गायक निक्सन लोहनी र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको ‘मायाले बाँधेर त हेर’ बोलको रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा दीलिप समनको शब्द रचना तथा संगीत रहेको छ । शैलेन्द्रमान प्रधान बाबु गीतका एरेञ्जर हुन् ।

पोखरामा छायांकन भएको गीतको भिडियोमा अभिनेत्री तथा मोडल अनु शाहको जोडी सुनिल न्यौपानेसँग बाँधिएको छ । गीतले उनीहरुको प्रेमभाव बोल्छ । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ ।

कार्यक्रममा मोडल शाहले गायिका प्रविशाको स्वर सुनेरै आफू गीतमा काम गर्न तयार भएको बताइन् । उनले छायांकनको क्रममा निकै रमाइलो भएको अनुभव पनि साटिन् ।

दीलिप समनको निर्देशनमा तयार भएको गीतको भिडियोमा फराज अर्पणको सम्पादन र कलर छ भने उनले नै छायांकन गरेका हुन् ।

निर्देशक समनले गीतको भावलाई मर्न नदिने गरी भिडियो तयार गरेको बताए । युवापुस्तालाई गीतको शब्द र भिडियोका प्रेमिल दृश्यहरुले मन छुने विश्वास व्यक्त गरे ।

त्यस्तै, गायिका प्रविशाले गीतलाई भिडियोले न्याय गरेकोमा खुसी व्यक्त गरिन् । उनले अनु शाहको आफू ठूलो फ्यान रहेको पनि बताइन् ।

गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, गायक यम बराललगायतको उपस्थिति रहेको थियो । उनीहरुले गीतको सफलताको शुभकामना व्यक्त गरे ।

    सम्बन्धित समाचार...