७ बैशाख २०८१, शुक्रबार

खप्तड लघुवित्तको आईपीओमा आवेदन खुला

IPO

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरमा बुधबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओका लागि न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा छिटोमा १२ भदौसम्म र उक्त समयअवधिसम्म माग बमोजिम आवेदन नपरे २२ भदौसम्म आवेदन खुला रहनेछ । हाल कम्पनीको चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ भने सेयर बाँडफाँट पश्चात् पुँजी ४ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ खरिदका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, मेरो सेयर वेबसाइट तथा एपका साथै सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।