६ बैशाख २०८१, बिहीबार

दश बर्ष पछि बिओके र हिमालयन बैंकले चीनमा फसेको रकम फिर्ता पाए

BOK and HBL

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले झन्डै एक दशकसम्म चिनियाँ बैंकमा फसेको रकम फिर्ता पाएका छन ।

गत १५ साउनमा चिनिया अदालतवाट मुद्दा जितेको २० दिनपछि मंगलवार हर्जनासहित दुवै बैंकले रकम फिर्ता पाएका हुन ।

चिनिया अदालतमा मुद्दा जिते पछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको रकम मंगलवार फिर्ता पठाएको छ। जसअनुसार बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो थप हर्जनासहित रकम फिर्ता पाएको छ भने हिमालयन ७० करोड रुपैयाँ फिर्ता पाएको छ ।

मेलम्ची खानेपानी आयोजना सम्बन्धी मुद्धामा चिनिया अदालतले हिमालय र बिओकेको पक्षमा १५ साउनमा फैसाला सुनाएको थियो ।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा नेपाली बैंकहरुले चिनिया तल्लो अदालतवाट जिते पनि उच्च अदालतमा जानु पर्ने कारणले रकम फिर्ता पाउन सकेका थिएनन ।

तर, १५ साउनमा चिनिया अदालतमा अन्तिम फैसाला भएसँगै दुबै नेपाली बैंकलाई चिनिया कन्ट्रक्सन बैंकवाट नेपाल रकम ल्याउन बाटो खुलेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन बैंकले रकम फिर्ता गर्न आनाकानी गरे पछि दुबै बैंकले चिनिया अदालतमा मुद्धा दायर गरेका थिए । जसको अन्तिम फैसाला चिनिया अदालतमा १५ साउनमा भएको थियो ।

    सम्बन्धित समाचार...