१६ चैत्र २०८०, शुक्रबार

आरोप प्रत्यारोपमा उत्रिए प्रदेश १ को नाम राख्न नसकेका नेताहरु

province 1
फाइल फोटो

नेकपा एमालेका नेता शेरधन राई पहिलोपटक दुई तिहाई मतका साथ मुख्यमन्त्री बने पनि प्रदेश नामकरणको विषयमा मौन रहे। त्यसपछि फेरिएका दुई मुख्यमन्त्रीले पनि नाम जुराउन सकेनन् ।

पूर्वमुख्यमन्त्री राईसहितको एमाले टोलीले प्रदेशको नाम तय नहुनुमा वर्तमान मुख्यमन्त्री राजेन्द्र राई दोषी रहेको टिप्पणी गर्न थालेको छ।

दलका नेताहरु एक-अर्कालाई आरोपप्रत्यारोप लगाउन व्यस्त भएपछि प्रदेश १ बेनामे बनेको हो । भोट बैंक गुम्ने डरले प्रदेशको नामकरणमा अन्योलता थपिएको स्थानीयको बुझाइ छ ।

साझा नाम र साझा पहिचानमा गएर नाम राख्नु पर्ने उनीहरु बताउाछन् । दुई तिहाईको सत्ता सम्हालेका पूर्वमूख्यमन्त्री शेरधन राई नामकरणमा विवाद हुने त्रासले पछि हटेको गठबन्धनका दलहरुको आरोप छ ।

अहिलेको गठबन्धन सरकार पनि संसदमा नामको विषयमा प्रक्रियामा समेत नगएको बुद्धिजीवीको भनाइ छ। यसअघि एमालेको नेतृत्वको सरकारले पनि नामकरणको उच्चारण नै नगरी साढे तीन वर्ष बिताएको थियो ।

समय घर्किसकेपछि नेकपा एमाले सहमतिका लागि कोशी, सगरमाथा, विजयपुर, सप्तकोशी, किराातलगायतका नाममा छलफल गर्न तयार भएको गठबन्धनको आरोप छ । दलहरुका आ-आफ्नै अडानका कारण पनि नामकरण गर्न समस्या भएकाले सबै दलबीच सहमति हुनैपर्ने देखिन्छ।