१५ चैत्र २०८०, बिहीबार

विभिन्न हातहतियार सहित एक जना पक्राउ

300515557 1025555114772877 7786015632018465025 n 1

सुनवर्षी नगरपालिका–८ खडेबारीबाट विभिन्न हातहतियारसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–८ हरिचन्द्रगढी बस्ने २९ वर्षीय आरिफ मियाँ छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट अटोमेटिक चाईनिज पेस्तोल एक थान, म्याग्जिन एक थान, ७.०५ एमएम राउण्ड एक थान र सिक्सर पेस्तोल एक थान बरामद भएको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको टोलीले को.२७ प ४०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा आरिफलाई कम्मरमा लुकाई ल्याएको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । 

थप सोधपुछको क्रममा ती हतियारहरू उर्लाबारी नगरपालिका–६ तरुण टोल बस्ने २९ वर्षीय नबिन धिमालले मगाएको खुल्न आएपछि प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई रतुवामाई नगरपालिका–८ डाम्राभिट्टाबाट पक्राउ गरेको छ । 

उनको साथबाट प्रहरीले नगद ४७ हजार ७ सय ७० रूपैयाँ समेत बरामद गरेको छ ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

300515557 1025555114772877 7786015632018465025 n
300513400 741803070226945 8586792998871586245 n
300046990 594934282131018 2895067998500371057 n
300003829 777096640272825 2470775063332417731 n

    सम्बन्धित समाचार...