१३ बैशाख २०८१, बिहीबार

संसदका १२ दलसँग निर्वाचन आयोगले छलफल गर्दै

nepal elecion commison

निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलसँग छलफल गर्ने भएको छ।

निर्वाचन आचारसंहिता परिवर्तनको तयारी गरिरहेको आयोगले १२ दललाई छलफलमा बोलाएको हो।

विहान साढे ११ बजे सुरु हुने बैठकमा दलका प्रतिनिधिसँग निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिनुभयो। आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको छ।

यस्तै आयोगले मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश गर्ने भएको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागिसमेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो। त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो र भद्धा हुनुका साथै बदरको संख्या पनि बढाएको थियो।

आयोगले आगामी निर्वाचनका लागि संघको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ।

त्यस्तै आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब ९८ करोड बजेट निकासा गर्न सरकारसँग माग गरेको छ।