६ बैशाख २०८१, बिहीबार

तीन दिन बाँकी ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिन

nagdi power

ङादी ग्रुप पावरको साउन १८ गतेदेखि १५०% हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । तर, अब यसमा आवेदन दिने म्याद आइतबारसहित ३ दिन मात्र रहेको छ ।

कम्पनीका अनुसार यस हकप्रद सेयरमा भदौ ७ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । असार १९ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

यस हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।

यस्तै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

    सम्बन्धित समाचार...