१३ बैशाख २०८१, बिहीबार

नक्सामै सीमित कञ्चनपुरको खेल मैदान गुरुयोजना

crocket ground 1

सुदूरपश्चिमको खेलकुद बिकासका लागि तयार गरिएको कञ्चनपुरको खेल मैदान गुरुयोजना नक्सामै सीमित बनेको छ । जसका कारण विभिन्न खेलकुद संघले नै गुरुयोजना मिचेर पूर्वाधार निर्माण गरिरहेका छन् ।

२०६४ सालमा राष्ट्रिय खेलकुद परिषदले कञ्चनपुरको महेन्द्रनगरमा रहेको जिल्ला खेलकुद बिकास समितिको मातहतको खेल मैदानको गुरुयोजना तयार गरेको थियो । तर, राष्ट्रिय खेलकुद परिषदले महत्वकांक्षी योजना कार्यान्वयनमा बेवास्ता गर्दा गुरुयोजना बिपरित धमाधम खेलकुद संघहरुले प्रशिक्षण पूर्वाधार बनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले उतिबेला तयार गरेको गुरुयोजनामै नसमेटिएका कराते, बसिङ्ग, कबड्डी, तेक्वाण्डो र भलिबल संघले लाखौं रुपैयाा खर्चेर प्रशिक्षणका पूर्वाधार बनाएका छन् ।

उता, करिब ५० लाख रुपैयाभन्दा बढी खर्च गरेर बनाईएको क्रिकेट मैदान समेत गुरुयोजना बिपरित छ । गुुरुयोजनालाई असर पार्ने गरि पूर्वाधार किन बनाईए त ?

जिल्ला खेलकुद बिकास समिति कञ्चनपुरको करिब साढे १६ बिगाह जमिन छ । समितीले त्यसलाई ब्यवस्थित गर्ने सकेको छैन । अर्कातिर गुरुयोजना विपरित मनपरि अव्यवस्थित रुपमा निर्माण गरिएका पूर्वाधारले खेल मैदानको शोभा समेत बिगारेको छ ।

पूर्वाधार थपिनु कुनै पनि खेलका लागि राम्रो हो तर गुरुयोजनालाई मिचेर दीर्घकालीन योजना बिना हचुवाका भरमा लाखांै खर्चेर पूर्वाधार निर्माण गर्नु कुनै पनि हालमा उचित होईन ।

    सम्बन्धित समाचार...