८ बैशाख २०८१, शनिबार

मलेसिया जान श्रमिकको लर्को

bides

कोरोना महामारी अघिसम्म म्यानपावर कम्पनीहरुलाई विदेश जाने श्रमिक पाउन हम्मे पर्थ्यो । तर अहिले गतिलो मागपत्र ल्याउने कम्पनीमा आवेदन दिने श्रमिकहरुको निकै भीड लाग्ने गरेको छ ।

काठमाडौंको सिनामंगलस्थित एउटा म्यानपावर कम्पनीले ७ सय श्रमिकलाई फ्रि भिसामा लैजाने सूचना जारी गरेको पहिलो दिन नै सात हजारभन्दा बढीको आवेदन पर्‍यो ।

१५ वर्षअघि पहिलो पटक दक्षिण कोरियाले इपीएस प्रणालीमा कामदार लैजान सुरु गर्दाका बेलाजस्तो भीड अहिले मलेसियाका लागि देखिएको छ । आवेदन दिनेहरुको भीड सडकसम्मै देखिन्थ्यो ।

वैदेशिक रोजगारीमा जाने युवा खोज्न गाउा गाउा एजेन्ट खटाउने म्यानपावर कम्पनीलाई अहिले श्रमिकको खााचो छैन । एक सय श्रमिकको माग आउादा ११ सयले आवेदन दिन थालेपछि कम्पनीलाई छनोटमा समेत समस्या भएको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार हरेक वर्ष पााच लाखभन्दा धेरै युवा नेपाली श्रम बजारका लागि तयार हुन्छन् । तर एक लाख जनशक्ति खपत गर्ने समेत बजार नहुादा शैक्षिक अध्ययनदेखि सामान्य रोजगारीका लागि समेत विदेश जाने बढेका हुन् । बजारको माग र सरकारी कार्यक्रमबीच तालमेल नहुादा बेेरोजगारी समस्या बढेको हो ।