१५ बैशाख २०८१, शनिबार

नवौं राष्ट्रिय खेलकुदको सुरक्षा याेजना बारे छलफल

1651896134 9th National game maskat Logo

नवाैँ राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । सो क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरूसँग जानकारी लिएका छन् । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रबन्ध बारे जानकारी गराएका थिए ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी जोशीको संयोजकत्वमा विभिन्न सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, महानगर प्रहरी प्रमुख समेत सदस्य रहने गरी उपसमिति गठन भएको छ ।

सुरक्षा उपसमितिलाई खेलस्थल, खेलाडी, खेलाडी आवास क्षेत्र, अतिथिलगायतको सुरक्षाका लागि योजना बनाएर काम गर्न सदस्य–सचिव घिसिङले आग्रह गरे ।

छलफलमा कार्यकारी समितिका सदस्य–सचिव फणिन्द्र पौड्याल, गण्डकी प्रदेश खेलकुदका सदस्य–सचिव तेजबहादुर गुरुङ, खेलकुद विकास विभाग प्रमुख प्रेमबहादुर मल्ल, सुरक्षा उपसमिति सचिव लक्ष्मण योगीलगायतको सहभागिता थियो ।

    सम्बन्धित समाचार...