१४ बैशाख २०८१, शुक्रबार

क्यानडामा सैनिक विमान उडेको केही छिनमै दुर्घटनाग्रस्त (भिडियो)

biman

क्यानाडेली वायुसेनाको स्नोबर्ड्स एरोबेटिक टोलीको एक प्रशिक्षण विमान कामलूप्स शहरको एक भवनमा बज्रिएपछि एक महिला सदस्यको मृत्यु भएको छ । विमानका चालकलाई गम्भीर चोटपटक लागेको छ ।

आइतवार स्नोबर्ड्स नियमित उडानमा रहेको बेलामा अचानक नियन्त्रण गुमाउन पुगेको थियो । उडेको केही समयपछि नै विमान भुइँमा बजारिएको थियो । प्रत्यक्षदर्शीले रेकर्ड गरेको भिडियोमा दुर्घटनाको स्पष्ट दृश्य देख्न सकिन्छ ।

टोलीका दुईवटा सीटी–११४ ट्युटर विमानहरू कामलूप्स विमानस्थलबाट टेक अफ गरेर अलि तलतलै उडिरहेका थिए । अलिकति माथि पुगेर फनक्क घुमेपछि एउटा विमान चाहिँ नियन्त्रण गुमाएर फनफनी घुम्दै भुइँमा बजारियो ।

ड्यांग आवाजसँगै धूवाँ आएको देखिन्छ अनि विमान भुइँमा बज्रिन्छ ।

विमान नजिकैको घरमा ठोकिएको थियो । सिबिसी टेलिभिजनका अनुसार आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको हो ।

प्रत्यक्षदर्शीले लडाकू विमान विमानस्थलबाट उडेको केही छिनमै आवाशीय क्षेत्रमा खसेको बताएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त घटनाबाट आफू दुःखी भएको बताउनुभएको छ । एजेन्सी