१६ आश्विन २०७९, आईतवार

अहिले राजनीतिमा ‘म’वादी सँस्कृति बढ्यो : अध्यक्ष नेपाल

madhav nepal
फाइल फोटो

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, माक्र्सवादको प्रचार गर्नेजस्ता प्रतिबद्धाता बिर्सनु नहुनेको उनको भनाइ छ ।

उनले कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरू जहिले पनि देशमा आएका संकट टार्न अग्रसर भएको बताए । राणा सासनविरुद्ध होस वा पञ्चायती व्यवस्थाको विरुद्धमा नै किन नहोस् कम्युनिष्ट पार्टीहरूको योगदान अतुलनिय छ ।

उनले अहिले राजनीतिमा ‘म’वादी सँस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको बताए । ‘म’ वादीहरूमा आफूभित्र भएका कमजोरी पहिल्याउने र सुधार गर्ने क्षमता हुँदैन ।

उनले भने, ‘लामो राजनीतिक यात्रा नभएका मानिसले आफ्नो कमजोरी देख्दैन । तपाई राजनीतिमा लामो यात्रा गर्ने वा क्षणिक आफै निर्णय गर्नुहोस् ।’