१५ चैत्र २०८०, बिहीबार

नेता गिरीको परिवार भन्छ– उहाँको सुस्वास्थ्यको लागि प्रार्थना गरौँ

pradip giri
फाइल फोटो

नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको पारिवारिक स्रोतले उपचाररत गिरीको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेको छ । गिरीको पछिल्लो स्वास्थ्य अवस्था बारे भारती सिलवाल गिरीले वक्तव्य जारी गर्दै यस्तो अनुरोध गरिएको हो ।

वक्तव्यमा गिरीको स्वास्थ्यको जटिलता र वर्तमान अवस्थामाथि प्रकाश पारिएको छ । एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो ।

उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बनिरहेको छ ।

299172346 1506211896501530 2507352115051232176 n