६ चैत्र २०८०, मंगलवार

यस्ता केही कलाकार छन् बलिउडमा जो फिल्ममा हिट भए, टेलिफिल्ममा फ्लप

1 96 650x347 1

भारतीय टेलिभिजनमा यस्ता केही कलाकार छन्, जो बलिउडमा पाइला चालेर आफूलाई स्थापित गराए । जसमा मृणाल ठाकुर, यामी गौतम र शाहरुख खानजस्ता कलाकार छन् । 

बलिउडमै यस्तै केही अभिनेत्री छन्, जो आफूलाई टेलिभिजनको पर्दामा स्थापित गराउने प्रयास गरे । तर उनीहरूको त्यो प्रयास पूर्ण रूपमा असफल भयो । उनीहरूले दर्शकलाई हिट फिल्म दिए पनि हिट टेलिफिल्म दिन सकेनन् । अर्थात् टेलिफिल्मको मामिलामा उनीहरू फ्लप साबित भए । यो सूचीमा श्रीदेवीदेखि करिश्मा कपूरसम्म छन् ।

भाग्यश्री

‘मैने प्यार किया’बाट रातारात सुपरस्टार बनेकी अभिनेत्री भाग्यश्रीले सिरियल ‘लौट आओ तृषा’मा अभिनय गरेकी थिइन् । तर उनको यो सिरियल पूर्ण रूपमा फ्लप साबित भयो ।

करिश्मा कपूर

अभिनेत्री करिश्मा कपूरले पनि टेलिफिल्ममा अभिनय गरिसकेकी छन् । उनी ‘करिश्माः द मिरेकल्स अफ डेस्टिनी’मा देखिएकी थिइन् । तर उनको टेलिभिजन डेब्यू पूर्ण रूपमा निराशाजनक रह्यो ।

रवीना टण्डन

रवीनाले पनि टेलिभिजनमा स्थापित हुने चाहना राखेकी थिइन् । उनले सिरियल ‘साहब, बीवी और गुलाम’ मा अभिनय गरेकी थिइन् । तर दर्शकले सिरियललाई स्वीकार गर्न सकेनन् ।

श्रीदेवी

बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीको अवस्था उस्तै थियो । टेलिभिजनमा आफ्नो सुन्दरता र अभिनयको जादू देखाउने सोचले पाइला चाले पनि त्यसमा उनी असफल साबित भइन् । उनले ‘मालिनी अय्यर’मा अभिनय गरेकी थिइन् ।

सोनाली बेन्द्रे

‘हम साथ साथ है’ जस्ता हिट फिल्मको हिस्सा रहेकी सोनाली एकता कपूरको शो ‘अजीब दास्ता हे ये’मा देखिएकी थिइन् । तर दर्शकले शोलाई मन पराएनन् । जसकारण एकताले यो शोलाई पाँच महिनाभित्रै बन्द गरिन् ।

अमृता राव

बलिउड अभिनेत्री अमृता रावले सिरियल ‘मेरी आवाज हि पहचान है’बाट टेलिभिजनमा पाइला राखेकी थिइन् । सन् २०१६ मा सुरु भएको यो शो चार महिनामै बन्द भएको थियो ।

पुनम ढिल्लो

बलिउडका कैयौं सुपरहिट फिल्मको हिस्सा रहिसकेकी पुनम ढिल्लोले टेलिभिजन सिरियल ‘एक नई पहिचान’बाट पाइला चालेकी थिइन् । तर उनको अवस्था पनि उस्तै रह्यो । सिरियलले दर्शकलाई खासै प्रभाव पारेन ।