१२ बैशाख २०८१, बुधबार

महिला जनप्रतिनिधिको क्षमता विकासका लागि अभिमुखीकरण

si leads in palika khotang1

महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम गरिएको छ ।

महिला जनप्रतिनिधिको नेतृत्व विकासका लागि ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा महिला नेतृत्व कार्यक्रमसम्बन्धी दोश्रो चरणको अभिमुखीकरण गरिएको हो ।

जनप्रतिनिधिलाई आफ्नो हक, अधिकार र काम कर्तव्यको बारेमा जानकारी दिँदै व्यक्तिगत रुपमा क्षमतावान बनाउने लक्ष्यका साथ विभिन्न दातृ निकायको सहयोगमा दलित महिला केन्द्र नेपालको आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । 

गत ९ साउनमा हलेसी तुवाचुङ नगरपालिकाबाट सुरु गरिएको अभिमुखीकरण मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका पुगेर टुंगिएको छ । अभिमुखीकरणमा हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, रावाबेसी गाउँपालिकाका १० जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाा ३१ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १३ जना महिला जनप्रतिनिधिले सहभागीता जनाएका छन् । अभिमुखीकरणमा नेतृ एवं अधिकारकर्मी दुर्गाजयन्ती राई र लक्ष्मीकुमार राईले सहजीकरण गरेका थिए । 

खोटाङका १० स्थानीय तहमध्ये आठ पालिकामा ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन भइरहेको छ ।

    सम्बन्धित समाचार...