१५ चैत्र २०८०, बिहीबार

पाथेकामा दुई गोरुको कंकाल भेटियो, मासुका लागि मारिएको आशंका

skeleton of ox at patheka khotang1

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा चरनका लागि खर्कमा छाडिएको दुई वटा गोरुको कंकाल भेटिएको छ ।

रोपाई सकेपछि गत असारमा खर्कमा लगेर छाडिएको जीतबहादुर तामाङ र सरोज राईको एक÷एक वटा गोरुको कंकाल फेला परेको हो ।

 स्थानीय कुवापानी जंगलमा छाला काढेको, टाउको, हाडखोर अलग–अलग गरेको अवस्थामा गोरुको कंकाल फेला परेको हो । घुँडामुनिको छाला बाँकी छाडेर अन्य छाला काढेर हाडखोर छुट्याइएको अवस्थामा गोरुको कंकाल भेटिएकाले गोरु मारिएको आशंका गरिएको स्थानीय अग्नीप्रसाद राईले बताए । 

 हाडखोर गाइवस्तु पुग्न नसक्ने ठाउँमा भेटिएको हो । घट्नास्थल अवलोकन गर्दा गोरुको मासु लगेर हाड र छाला भीरबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । मासुका लागि गोरु मारिएको आशंकामा खर्चमा गाईवस्तु छाड्ने स्थानीय चिन्तित बनेका छन् ।