७ बैशाख २०८१, शुक्रबार

समानुपातिकको बन्द सूचीमा नाम पार्न नेताहरु शक्ति केन्द्र धाउँदै !

nepali congress

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिादै गएसागै राजनीतिक दलहरुभित्र टिकटका लागि संघर्ष सुरु हुन थालेको छ ।

टिकट पाउन सबैभन्दा ठूलो लडाइा त पााचदलीय गठबन्धनमा देखिएको छ । त्यसमा पनि नेपाली कांग्रेसभित्र बढी हानाथाप छ ।

गठबन्धन बनाएर निर्वाचनमा जाादा प्रत्यक्षतर्फको टिकट पाउने निश्चित नभएपछि नेताहरु समानुपातिकको बन्द सूचीमा नाम समावेश गराउन शक्ति केन्द्र धाउन थालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बााके क्षेत्र नम्बर २ को टिकट पाउने आश्वासन पाएका राजकुमार बर्मा चुनावको मिति घोषणा भएसागै निरास छन् ।

गठबन्धन गरेर जाादा कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर बााके क्षेत्र नं. २ अन्य दललाई पर्ने सम्भावना देखेपछि बर्मा अहिले समानुपातिकको बन्द सूचीमा आफ्नो नाम समावेश गराउने प्रयासमा लागेका छन् ।

पाँच दलबीच गठबन्धन गर्ने सहमति भएसागै आकांक्षीको ढुकढुकी बढ्दो छ । कति नेता त सिधै केन्द्रमा पुगेर टिकट सुनिश्चित गर्ने धाउन्नमा लागेका छन् ।

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आगामी असोज २ र ३ गते समानुपातिको बन्द सूची बुझाउन भनेको छ । तर जिल्ला नेताहरु अहिलेदेखि नै आफ्नो अवस्था सुनिश्चित गराउन पार्टीभित्रका शक्ति केन्द्र गुहार्न थालेका छन् । विश्लेषकहरुले यस्तो प्रवृत्तिलाई केन्द्रको हस्तक्षेप ठान्छन् ।

त्यसो त निर्वाचनमा टिकट पाउनकै लागि अहिलेदेखि नै केन्द्रीय नेतृत्व वा शक्ति केन्द्रसम्म धाउनुले शंका उब्जाएको छ । यसलाई कतिपय कम्युनिस्ट पार्टीले त पैसाको बलमा टिकट पाउने प्रवृत्ति भनेर आलोचनासमेत गरेका छन् ।

बहुमत हुन त अहिलेसम्म गठबन्धनभित्र पनि कुन दलले कति र कुन सिट पाउने भन्ने निश्चित भइसकेको छैन । तर प्रायः सबै राजनीतिक दलभित्र बढ्दो असन्तुष्टिका कारण चुनावमा घात र अन्तर्घातको श्रृखंला रोकिने स्थिति देखिएको छैन ।