१५ चैत्र २०८०, बिहीबार

पदभार सम्हाले नवनियुक्त उद्याेगमन्त्री शाहीले

299332502 603575811125785 6314632238272196178 n

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पदभार सम्हालेका छन् ।

आइतबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसँग शाहीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।

माओवादी केन्द्र कर्णाली प्रदेश सभा सदस्य शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए । गैरसंसद कार्चेन लामाकाे कार्यकाल ६ महिना पूरा भएपछि उद्याेग मन्त्रालय खाली थियाे ।