१६ चैत्र २०८०, शुक्रबार

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको निधन

dubera death

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको निधन भएको छ ।

अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।