१२ बैशाख २०८१, बुधबार

आमनागरिकमा पनि बढ्यो चुनावको चासो, आ-आफ्नो क्षेत्रमा नेताहरू

pokhara 1
फाइल फोटो

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन ३ महिना बाँकी छ । चुनाव नजिकिँदै गएसँगै रुपन्देहीमा राजनीतिक दलका नेताहरु चुनावी क्षेत्रमा आउन र कार्यकर्तामुखी कार्यक्रम गर्न थालेका छन् । यसले दलका नेता कार्यकर्ता मात्र होइन आम नागरिकलाई समेत उत्साहित बनाएको छ ।

चुनावको मिति घोषणाभएसागै रुपन्देहीमा दिनहुजसो भातृसंगठन र जनवर्गीय संगठनहरुका भेला, सम्मेलन र प्रशिक्षणका कार्यक्रम हुन थालेका छन् । आफ्नो दल र उमेदवारका पक्षमा जनमत जुटाउन कार्यकर्ताहरुले ठाउाठाउामा दलका उमेदवारहरुलाई स्वागत गर्ने, शुभकामना आदानप्रदान गर्ने, आफ्ना माग सुनाउने र दलका नेताबाट प्रतिवद्धता लिने काम गरिरहेका छन् ।

रुपन्देहीका पेशागत संघ संस्थामा पनि दलीय बर्चश्व धेरै छ । आफु निकटका दलको पक्षमा जनलहर बनाउन उनीहरुले पनि चुनाव केन्द्रीत कार्यक्रमहरु सुरु गरेका छन् । चुनावका आकांक्षी नेता भातृसंगठन र जनवर्गीय संगठनमा मात्र होइन पेशागत संघसंगठन, सामाजिक संस्था र स्थानीय तहले सुरु गरेका अभियान, आफ्नो निर्वाचन क्षेत्रका योजनाहरु उद्घाटनमा उपस्थिति बढाएर चुनावी माहोल बनाइरहेका छन् ।

कांग्रेस एमाले, माओवादीजस्ता पुराना दलमात्र होइन रुपन्देहीको राजनीतिमा नयाा राजनीतिक शक्तिहरुले पनि चुनाव केन्द्रीत अभियान थालेका छन् । मुख्य बजारसंगै जिल्लाका गाउाटोल, चियापसलदेखि चौतारी र पार्कसम्म चुनावी बहस हुन थालेका छन् ।

लोकतन्त्र र प्रजातन्त्रको सुन्दर पक्ष हो चुनाव । जसको माध्ययमबाट जनताले नेता चुन्छन् । आफ्नालागि आफैले नेता चुन्ने यस्तो अवसर गुम्न नदिन र नागरिकको सर्वोच्चता कायम राख्न रुपन्देहीका जनता चुनावप्रति अहिलेदेखि नै उत्साहित देखिन्छन् ।

प्रशिक्षण र प्रचार कार्यक्रम लिएर नेताहरू आ-आफ्नो क्षेत्रमा

प्रमुख राजनीतिक दलहरूले आफ्ना हरेक गतिविधिलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रीत गर्न थालेका छन् । २०७४ सालमा निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेले देशव्यापी रूपमा प्रशिक्षणका लागि नेता परिचालन गरेको छ भने सत्ता घटक र अन्य दलहरूले प्रचारका विभिन्न कार्यक्रम तय गरिसकेका छन् । केही दलहरू भने अझै गठबन्धनको कसरतमा रूमलिँदा प्रचारमा जुट्न सकेका छैनन् ।

चुनावको मिति घोषणा भएलगत्तै नेकपा एमालेका नेताहरू आ-आफ्नो क्षेत्रमा परिचालित भइसकेका छन् । निर्वाचन क्षेत्रमा पुगेर उनीहरुले भेला, प्रशिक्षण र सक्रिय कार्यकर्तासँगको भेटघाटलाई तीव्र पारेका छन् । भदौ ११ मा केन्द्रीय कमिटी बैठकपछि राष्ट्रब्यापी चुनावी अभियानको घोषणा गर्ने एमालेको तयारी छ ।

सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले चुनावका लागि आगामी भदौ १० गतेदेखि २४ गतेसम्म राष्ट्रब्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित आफ्ना प्रतिनिधिलाई तालिम दिएर कांग्रेसले भदौ २९ गतेपछि जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम पनि गर्दै छ ।

सत्ताको अर्को घटक माओवादी केन्द्रले पनि भदौ १ गतेदेखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । उसले सत्ता गठबन्धन दलमा सिट बाँडफाँटको विषय टुङ्गोमा पुगे लगत्तै संयुक्त रूपमा प्रचार कार्यक्रम गर्ने तयारी गरेको छ ।

सत्ता घटक दल एकीकृत समाजवादी र जनता समाजवादीले पनि जिल्लामा प्रचारका कार्यक्रम शुरू गरिसकेका छन् । जसपाबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी भने कोसँग गठबन्धन गर्ने भन्ने विषयमै अल्झिँदा उसले प्रचारका कार्यक्रम शुरू गरेको छैन ।

सबैजसो दलले निर्वाचन केन्द्रीत भएर आफ्ना एजेण्डाको प्रचार प्रसारलाई तीव्रता दिन थालेपछि जनमानसमा पनि चुनावी उत्साह बढेको छ ।