१२ बैशाख २०८१, बुधबार

नयाँ पुस्तालाई सांस्कृतिक पर्वको महत्व सिकाउने प्रयास

janaipurnima

हिन्दू धर्मावलम्बीले परम्पराअनुसार मनाउँदै आएको ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूणिर्माको महत्व युवा पुस्तालाई बुझाउन पहल थालिएको छ ।

साउन शुक्ल पूणिर्माका दिन मनाइने परम्परागत सांस्कृतिक पर्वको महत्व नयाँ पुस्तालाई सिकाउन रुपन्देहीमा सामूहिक प्रयास गरिएको छ ।

संस्कारलाई जिवन्त राख्न रुपन्देहीका केही ब्राम्हण मिलेर विधिवत् तरिकाले जनैपूणिर्मा मनाउादै तल्लो पुस्तालाई सिकाएका छन् ।

रुपन्देहीको श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको गुरुकुलमा रहेका यी बटुकले पहिलो पटक विधिवत् किसिमले जनैपूणिर्मा मनाएका हुन् ।

हिन्दू संस्कारअनुसार ब्रतवन्ध भएकाले जनैपूणिर्माको अघिल्लो दिन कपाल मुण्डन गरी उपवास बस्नुपर्छ । पूणिर्माको बिहानै नजिकको जलासयमा गएर तुलसीको माटो शरीरमा दलेर गाइको गोबर, खरानी, कुश, दत्तिउन र दुबोले स्नान गरिन्छ । स्नान सकेपछि बुवाआमा भएकाले देव र नभएकाले पितृ तपर्ण गर्ने चलन छ ।

सूर्यलाई अर्घ दिएर शिवजीको विधिवत पूजाआजा गरिन्छ । यस दिन लगाउने डोरो र जनैलाई शुद्ध गर्न सबै देवीदेवताको पूजा गर्नुपर्ने मान्यता छ । यसरी पुजेको जनै र रक्षाबन्धन गुरुको हातबाट लगाउने परम्परा छ ।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रहृमसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।

जनैपूणिर्माका दिन बााधिएको रक्षा बन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बााधेमा मृत्युपछि वैतरणी नदी पार हुने धार्मिक विश्वास छ ।