१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य बिमा कार्यक्रम सरकारकै कारण जोखिममा पर्याे : अधिकारी

khagraj adhikari 20210412140358
फाइल फोटो

एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गर्नुभएकाे छ। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताउनुभयाे ।

‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।’

के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गर्नुभयाे । उहाँले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बिमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयाे ।