८ बैशाख २०८१, शनिबार

अपडेट कोराना : नेपालमा काेराेना त्रास बढ्दै, एकैदिन तीन संक्रमितकाे निधन

corona virus graph

नेपालमा पछिल्ला केही दिनदेखि काेराेना संक्रमणकाे जखाेखिमकाे त्रास बढ्दाे देखिएकाे छ । पछिल्लो २४ घन्टामा देशभर ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८६८ जनामा संक्रमण पुष्टि भएको हो। ६ हजार ७०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका छन्।

तीन हजार ६१४ जनाको पीसीआर र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५८८५ जना सक्रिय संक्रमित छन्।

४१४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको निधन भएको छ।