७ बैशाख २०८१, शुक्रबार

जंगली जनावरको ६३ केजी मासुसहित सात जना सिकारी पक्राउ

298182643 750312222870141 1675303525640494113 n

कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ । श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्ति चित्तलको मासुसहित पक्राउ परेका हुन् ।

पक्राउपश्चात् उनलाई सोधपुछ गर्ने क्रममा उक्त क्षेत्रबाट अन्य सिकारीलाई पनि पक्राउ गरिएको बताइएको छ । संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन गरी सर्च गर्दा अन्य सात जना सिकारी पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिबाट जंगली जनावरको मासु ६३ केजी, भरुवा बन्दुक नाल–२, टिका बारुद प्याकेट–१, खुँडा गोटा–१, खुकुरी गोटा–४ लगायत सामग्री बरामद गरिएको छ । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको बताइएको छ ।