८ बैशाख २०८१, शनिबार

मात्तिमविर्तालाई केन्द्र बनाएर गएको भूकम्पका पीडितलाई राहत वितरण

quake at sakela rahat khotang

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्र बनाएर गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेका पीडितलाई राहत वितरण गरिएको छ ।

गत १५ साउनमा गएको ६ रेक्टर स्केलको भूकम्पबाट घरमा पूर्णरुपमा क्षति पुगेका १४ परिवारलाई रेडक्रसले राहत प्रदान गरेको हो ।

पहिरो चरणमा भूकम्प पीडितलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट साडी, बुट्टे कपडा सेट, एक सेट भाँडाकुँडा, बाल्टी लगायतका बन्दोबस्तीका सामान प्रदान गरिएको हो । भूकम्पबाट प्रभावित परिवारको संकटको अवस्थालाई सरल र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकासँगको सहकार्यमा बन्दोबस्तीका सामग्री वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए । 

भूकम्पबाट १४ घरमा पूर्ण र ४८१ घरमा आंशिक क्षति पुगेको साकेला गाउँपालिकाका भूकम्प फोकल पर्सन नासु सुवास राईले बताए ।