१२ बैशाख २०८१, बुधबार

संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ : नर्भिक हस्पिटल

297588831 3078260172435449 1387509755599599517 n

नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ । 

काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ । 

नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नुनपर्ने दाबी गरेका हुन् । २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका छन् । 

काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौतापत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको हो । 

पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष सिंहले उनले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेको जानकारी दिए । 

297150514 1600930346995840 5143786636178297332 n
297890656 475251594418570 6814802489500353645 n 1
297511512 596114732232177 7733877912622326397 n
297278882 1584784178662956 5662946660907614074 n
297578802 458402262856544 5469485955876777468 n
297231723 513999497388689 5644817113971210009 n
297066319 1047839585936154 2091798468934720563 n