७ बैशाख २०८१, शुक्रबार

सिटौला चयन सत्ता गठबन्धन कार्यदलको संयोजकमा

krishna sitaula
फाइल फोटो

सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन हुनुभएकाे छ ।

सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो ।

कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सिटौलालाई संयोजक तोकिएको जनकारी दिनुभयाे। उहाँका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ ।

कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा रहनुभएकाे छ।

यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएकाे छ।