१३ बैशाख २०८१, बिहीबार

फ्याउरे, कुकुर र कुकुर्नीजस्ता अपमानजनक शब्द प्रयोग गरी जारी गरिएका नागरिकता सच्याउन गृहमन्त्रालयकाे निर्देशन

ministar home

गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति गर्दै यस्ताे निर्देशन जारी गरेकाे हाे । मन्त्रालयले अबमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो ।

फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो ।

विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना र जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउन व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

295623284 816809599485928 6014651197249366286 n 1