१४ बैशाख २०८१, शुक्रबार

हरेक दिन भारत तथा तेस्रो मुलकबाट ६ हजारको उद्दार गर्ने प्रस्ताव

Cabinet Meeting

विदेशमा रहेका नेपालीलाई फर्काउने मोडालिटी तयार हुँदै

सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ ।

‘यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाव समेत दिन थालेका छन् । त्यसैले उद्दारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भर पर्छ ।’ यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ ।

उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरु हुनेछन्’ स्रोतले भन्यो ।

यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्नेछ ।

केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ । स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार तत्काल उद्दार गर्नुपर्नेहरुको संख्या केही लाख हुनेछ ।

विदेशमा रहेका नेपालीलाई फर्काउने मोडालिटी तयार हुँदै

क्याबिनेट बैठकमा विदेशमा रहेका नेपालीहरूलाई ल्याउनेबारे छलफल भएको छ । भारतलगायत विभिन्न तेस्रो मुलुकमा नेपालीहरू अलपत्र परेकाले उनीहरूलाई कसरी ल्याउने भनेर विभिन्न विकल्पमा छलफल भएको र विभिन्न सुझाव आएको मन्त्रीको भनाइ छ । त्यसबारे आइतबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा पनि छलफल भएको र फर्कन चाहने नेपालीलाई सुरक्षित ढङ्गले ल्याउनुपर्ने आवाज उठेको थियो ।

स्रोतका अनुसार त्यसबारे प्रधानमन्त्री परामर्शमै छन् । मुलुकमा कोरोनाको जोखिम बढिरहेकाले ल्याउने कि नल्याउने भनेर प्रधानमन्त्री निष्कर्षमा पुगिसकेका छैनन् ।

यद्यपि समिति, सरोकारवाला मन्त्रालयले विभिन्न मोडालिटीबारे अध्ययन पनि गरिरहेको छ । प्रधानमन्त्री ओलीले भोलि, पर्सि नै विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर सम्बोधन गर्ने कार्यसूचीसमेत तय भएको छ ।

“प्रधानमन्त्रीले सम्बोधन गर्न सक्नुहुनेछ । विदेशमा रहेका नेपालीलाई अलपत्र पार्ने कुरा आउँदैन । उनीहरूलाई सम्बोधन गर्नैपर्छ,” ती मन्त्रीको भनाइ छ ।

    सम्बन्धित समाचार...