१३ बैशाख २०८१, बिहीबार

द्रुत गतिमा फैलिएको मङ्कीपक्सकाे उच्च जाेखिममा नेपाल, सतर्कता अपनाउन चिकित्सककाे अनुराेध

monkey

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकिपक्स आपत्कालीन अवस्था घोषणा गरेको छ । यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा ९ जनामा मंकिपक्स प्रमाणित भएकोमा एक जनाको निधन भइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

छिमेकी मुलुक भारतमा मंकिपक्सका कारण एक जनाको निधन भएसँगै नेपाल उच्च जोखिममा रहेको मुलुकका रूपमा विश्व स्वास्थ्य संगठनले लिएको छ । नेपालमा मंकिपक्सको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित कोभिड–१९ महामारी तथा मंकिपक्सको वर्तमान अवस्था र तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डब्लूएचओ नेपालका प्रमुख डा. राजेश सभाजीराव पाण्डवले मंकिपक्सलाई नजिकबाट नियालिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपालमा हालसम्म मंकिपक्सको बिरामी भेटिएको छैन । तर उच्च जोखिमा नेपाल छ भन्ने कुरा नकार्न सकिन्न, त्यसैले जोखिमलाई हामीले नजिकबाट नियालिरहेका छौं । अहिले नेपालमै मंकिपक्सको परीक्षण हुन्छ । कोभिडको शुरुवातीमा जस्तो परीक्षणका लागि डब्ल्यूएचओसँग निर्भर हुनुपर्दैन ।’

डब्लूएचओले २ सय ५० वटा टेस्टकिट उपलब्ध गराइसकेको छ । तर, पनि नेपालमा कोभिड १९ र मंकिपक्सको अवस्था गम्भीर रहेको छ । त्यसैले सरकारले देशका १६ वटा ठूला सरकारी अस्पताललाई मंकिपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको र त्यहाँका १६ जना डर्माटोलोजिस्टलाई विज्ञको रूपमा तालिम दिई खटाइएको जानकारी गराउनुभयो ।