७ बैशाख २०८१, शुक्रबार

साना कम्युनिष्ट पार्टी ध्रुवीकरण गर्दै चुनावमा होमिने तयारीमा

six party

निर्वाचन आयोगमा १ सय १६ दल दर्ता छन् । तर राष्ट्रिय मान्यता प्राप्त दल आधा दर्जनमा सीमित छन् । बाँकी दल चुनावका बेला मात्र सतहमा देखिन्छन् ।

ती मध्ये पनि कोही आफूअनुकूलका पार्टीसँग तालमेल गरेर चुनावमा होमिन्छन् कोही चाँही जनाधार नभएपछि बहिस्कार भन्दै कुर्लिन्छन् ।

अहिले सरकारले चुनावको मिति घोषणा गरेसँगै ठूला दलहरु रणनीति बनाउन जुटेका छन् भने साना कम्युनिष्ट पार्टी ध्रुवीकरण गर्दै चुनावमा होमिने तयारीमा छन् ।

थुप्रै समुहमा विभाजित साना कम्युनिष्ट पार्टी चुनावको उपयोग गर्ने रणनीतिमा सकृय छन् । ठूला बाम दलहरु नै तालमेल गर्दै शक्ति आर्जन गर्ने नीतिमा लागे पछि साना कम्युनिष्ट पार्टीसमेत एक भएर चुनावमा होमिने कसरतमा छन् ।

विचार र व्यवहारमा फराकिलो अन्तर आएको कारण देखाउँदै कम्युनिष्ट पार्टीहरु विभिन्न शिरामा विभाजित छन् । माओवादीबाट विभाजन भई आधा दर्जन बढि पार्टी बनेका छन् ।

उनीहरुसँगै अस्तित्वमा रहेका थुप्रै कम्युनिष्ट पार्टीहरु ध्रुविकरणको कसरतमा छन् । संसदवादको विरोध गरेर नथाक्ने पार्टीका नेताहरु समेत यतिबेला चुनाव उपयोगको नीतिमा छन् ।

संविधानमै थ्रेसहोल्डको व्यवस्था गरिएपछि यसअघिको निर्वाचनबाट धेरै साना पार्टीले राष्ट्रिय मान्यता प्राप्त गर्न सकेका छैनन् । आसन्न निर्वाचनमा समेत उनीहरुको हैसियत राष्ट्रिय पार्टीमा रुपान्तरण हुने सम्भावना कम हुँदै गर्दा मोर्चाबन्दी गरेर जाने र अस्तित्व जोगाउने रणनीतिमा लागेका छन् ।

    सम्बन्धित समाचार...