१२ बैशाख २०८१, बुधबार

लगातार दोस्रो हार रोहित सम्मीलित केडिरीको इन्डोनेशियन लिग वानमा

madura1659836872

नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेशियन लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा केडिरी शीर्ष स्थानको मादुरा युनाइटेडसँग १–० ले पराजित भएको हो । खेलमा रोहितले भने पूरा समय मैदानमा बिताएका थिए ।

मादुराको जितमा ३६ वर्षीय स्टेबन भिज्काराले निर्णायक गोल गरे । उनले ४६औं मिनेटमा गोन्कालोको पासलाई पोस्टको दिशा दिएका थिए । 

लगातार दोस्रो हारसँगै एक अंकमात्र जोडेको केडिरी रेलिगेशन जोनमा छ । यस्तै, हालसम्म अपराजित रहँदै शीर्ष स्थानमा रहेको मादुरीको ९ अंक छ ।

    सम्बन्धित समाचार...