१६ चैत्र २०८०, शुक्रबार

दाजुभाई र देउरानी-जेठानीको घर झगडा ‘झिँगेदाउ’ ट्रेलर

jhine dau

भीमनिधि तिवारीको कृतिमा आधारित फिल्म ‘झिँगेदाउ’को ट्रेलर रिलिज गरिएको छ ।

आइतबार राजधानीमा आयोजित एक प्रेसमिटका बीच ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर रिलिज गरियो ।

३ मिनेट लामो ट्रेलरमा दुई छोरा र एक आमाको खुसियाली जीवनमा दुई युवतीले ल्याउने उतारचढाव देखाइएको छ । दुई दाजुभाई र देउरानी-जेठानीको घर झगडालाई ट्रेलरमा हाइलाइट्स गरिएको छ ।

घर झगडाले कसरी दुस्मनलाई फाइदा पुर्याउछ भन्ने संदेशपनि ट्रेलरमा समेटिएको छ ।

मुकुन भुषाल र कुशल विष्ट दाजुभाई, केकी अधिकारी र आँचल शर्मा देउरानी-जेठानीको भूमिकामा प्रस्तुत भएका छन् । भने हिउँवाला गौतमले आमाको भूमिका निर्वाह गरेकी छन् ।

भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई प्रतिक्षितको सुचीमा राखिएको छ । ‘आगोबिना बिंडी जल्दैन’ बोलको गीत हिट हुँदा फिल्मले व्यवसायिक सफलता हात पार्ने अनुमान गर्न सकिन्छ ।

बिष्णु घिमिरे ‘कल्पित’ले खिचेको फिल्ममा संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बरालको पनि अभिनय छ ।

प्रदीप भारद्वाजको कथा, संवाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, मित्रदेव गुरुङको सम्पादन छ ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

    सम्बन्धित समाचार...