१५ चैत्र २०८०, बिहीबार

विवादित बनेपछि ‘पापाकी परी’ बाट हट्यो ‘पेटिकोट डान्स’

papa

सामाजिक संजाल र मिडियामा चर्को आलोचना भएपछि गायिका सुशिला पाठकको नयाँ तीज गीत ‘पापाकी परि’बाट मोडल करिश्मा ढकालले ‘पेटिकोट’ लगाएर नृत्य गरेको पाटो हटाइएको छ ।

गीतका शब्द समेत आलोचित भएका थिए । ‘के हुन्छ होला है बिहेको राती, अध्यारो कोठामा अन्जान साथी, संझेर गैसक्यो सातो बरीलै’ शब्द पनि गीतबाट हटाइएको छ ।

विशेषगरि, बिहेको अगाडि एक यूवतीले विभिन्न कुराहरु कल्पना गर्दै गाएको यो गीतले आलोचना मात्र भोगेन, तीजको नाममा विकृती फैलाउने काम गरेको समेत आरोप लागेको थियो ।

यो गीतका गीतकार शिव हमालले त माफी नै मागेका थिए । आशिष अविरलको संगीत रहेको छ । मौसम हिमालीको निर्देशनमा बनेको गीतको भिडियोका अन्य दृश्यहरु भने यथावत् नै छन् ।

    सम्बन्धित समाचार...