७ बैशाख २०८१, शुक्रबार

नुहाउने क्रममा डुबेर एक बालकको निधन

dubera death

कैलालीमा एक बालकको डुबेर ज्यान गएको छ । टीकापुर नगरपालिका-१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दिनेशको नुहाउने क्रममा जमरा कुलोमा डुबेर निधन भएको प्रहरीको भनाइ छ । पानीमा डुबेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको थियो ।

ट्याक्टर दुर्घटना, चालकको निधन

ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको निधन भएको हो ।

शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।