४ बैशाख २०८१, मंगलवार

बाढीले मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन सुझाव

melamchi

सिन्धुपाल्चोकको घुम्थाङ, धाप र नाकाते आसपासका स्थानमा ठूलो वर्षा भएको छ ।

पछिल्लो ६ घण्टादेखि ठुलो वर्षा मापन गरिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । साथै कमजोर भिरालो जमिनमा पहिरोसमेत जान सक्ने भन्दै महाशाखाले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

अहिले मेलम्चीमा पानिको बहाव बढेर हेलम्बु र मेलम्ची बजारको सडक सम्पर्क टुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

त्यस्तै जुरे क्षेत्रमा लेदोसहितको माटो झरिरहेकाले यातायात सञ्चालनमा अवरोध भएको जिल्लाका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २ निबु गाउँमा गएराति पहिरो जाँदा भोटेचौर–काउले सडक अवरुद्ध भएको छ ।

त्यस्तेै केही घर जोखिममा परको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । त्यहाँका परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।