१६ चैत्र २०८०, शुक्रबार

साविकको विजेता बायर्नको सानदार सुरुवात

mane

जर्मन बुन्डेसलिगा २०२२/२३ मा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । शुक्रबार रातिबाट सुरु भएको नयाँ सिजनाको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६–१ अन्तरले पराजित गर्‍यो।

बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक एक गोल गरे । घरेलु टोलीका रान्डल कोलो मुआनीले सान्त्वना गोल गरे ।

साबिक विजेता बायर्नले पहिलो हाफमै ५(० को अग्रता बनाएको थियो । जितसंगै बायर्नले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

    सम्बन्धित समाचार...