७ बैशाख २०८१, शुक्रबार

सम्झन लायक कामै गर्न सकेन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षमा

CM Trilochan Bhatta 1024x447 1
फाइल फोटो

प्रदेशको विकास र समृद्धिलाई प्राथमिकता राखेर प्रदेश सरकार गठन भएको पाँच वर्ष पुरा हुँदैछ । हामीले प्रदेश सरकारको यो अवधि कस्तो रह्यो ? विकास सुशासन र जनअपेक्षा सम्वोधनमा कति सफल भए ? लगायत समग्र समीक्षा गर्दैछौ । आज सुदूरपश्चिम प्रदेशलाई समेटेका छौं ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले भने यो पाँच वर्षको अवधिमा स्मरणयोग्य एउटै पनि काम गर्न सकेन । आफैंले गरेका प्रतिबद्धता पनि अलपत्र परे । प्रदेशको विकास र समृद्धि खोज्नुको सट्टा आफ्नै सेवा सुविधा बढाउन र सत्ता जोगाउनमै प्रदेश सरकार अल्मलिएको छ ।

करिव पााच वर्षअघि प्रदेश सरकार गठन भएसागै सदियौंदेखि गरिबी, अशिक्षा र बेरोजगारीले छटपटिएका सुदूरपश्चिमका नागरिकलाई पनि अब केही परिवर्तन हुन्छ भन्ने आशा थियो । त्यसमाथि भारतमा लामो समय मजदुरी गरेर फर्किएका, तत्कालीन सशस्त्र द्वन्द्व र प्रवासमा हुने दुःख पीडा बुझेका त्रिलोचन भट्ट प्रदेशको मुख्यमन्त्री बनेपछि सुदूरपश्चिम प्रदेशका बासिन्दाले निकै ठूलो परिवर्तन हुने अपेक्षा गरेका थिए । तर, मुख्यमन्त्री बनेको पााच वर्ष वित्न लाग्दा पनि उनले गरिव, अल्पसंख्यक र श्रमिकको पक्षमा उल्लेखनीय काम गर्न सकेनन् ।

प्रदेशका लाखौं युवा कामका लागि भारततर्फ गएका छन् । प्रदेशमा विकास निर्माण गर्ने र रोजगारीका अवसर सिर्जना गर्नेभन्दा पनि उनले मठ मन्दिर बनाउने र कार्यकर्ता खुसी पार्ने खालका कार्यक्रममा बढी ध्यान दिए । पाँच वर्षमा आफ्नो पद जोगाउनकै लागि चार पटक त मन्त्रिपरिषद् नै हेरफेर गरे ।

सुदूरपश्चिम प्रदेशले आफ्नो नाम भने समयमै तोक्न सक्यो । तर गोदावरीलाई स्थायी राजधानी बनाउने निर्णय अझै कार्यान्वयन भएको छैन । प्रदेश सरकारले विकास निर्माण र समृद्धिलाई नारा बनाउने गरे पनि कुर्सी जोगाउन मै केन्द्रीत भएको सांसदहरुको आरोप छ ।

सुदूरपश्चिममा अहिले माओवादी, कांग्रेस र समाजवादीको गठबन्धन सरकार छ । मुख्मन्त्री र मन्त्रीहरुबीच तालमेल अभावमा एकले अर्कालाई नटेर्ने प्रवृत्ति छ । त्यही कारण सरकारमै रहेकाहरुले पनि पााच बर्से कार्यकाल सन्तोषजनक नभएको स्वीकार्ने गरेका छन् ।

त्यसो त पााच वटा प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए पनि सुदूरपश्चिममा अहिलेसम्म भट्ट नेतृत्वकै सरकार यथावत् छ । तर पनि सरकारभित्रकै सत्ताको लुछाचाुडी र पद जोगाउने प्रतिस्पर्धा कायमै छ ।