६ बैशाख २०८१, बिहीबार

त्रियुगा खोला तर्ने क्रममा बगाएर एकको निधन

dubera death

त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मंगलवार निधन भएको छ ।

त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको खोला तर्ने क्रममा ज्यान गएको हो ।

बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए ।

बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पु¥याउँदा घटनास्थलमै उनको ज्यिान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

थापाका अनुसार स्थानीयबासीले कौवाईस्थित त्रियुगा पुलनजिक लडेको देखेर निकाल्दा उनको ज्यान गई सकेको थियो । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताए ।

करेन्ट लागेर १ जनाको निधन

यस्तै, उदयपुरमै करेन्ट लागेर एक युवकको निधन भएको छ । जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षिय बिपिन विकको ज्यान गएको हो ।

सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ बर्षीय बिपिन विकको करेन्ट लागेर ज्यान गएको हो ।

मंगलवार दिउँसो १ बजे मल्टिप्लकमा मोवाईलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएका छन । प्रहरीले घटनाको बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    सम्बन्धित समाचार...