१२ बैशाख २०८१, बुधबार

दरौंदी नदीमाथी सडक विनै पुल निर्माण

gorkha pul

देशका धेरै ठाउँमा पुल नहुँदा मानिस र सवारी साधन जोखिम मोलेर खोला तथा नदी तार्नुपर्ने बाध्यता छ । तर गोरखाको जरेबरमा दरौंदी नदीमाथी सडक विनै पुल निर्माण भएको छ । खेत र पहराको बीचमा ५ करोड रुपैयाँको लागतमा मोटरेबल पुल निर्माण भएको देखेर स्थानीय नै चकित परेका छन् ।

गोरखाको सिरानचोक गाउापालिका वडा नं ५ जरेबर र गोरखा नगरपालिका वडा नं ३ नारेश्वर जोड्ने दरौदी नदी माथी बनाइएको मोटरेबल पुल करिब तयारी अवस्थामा पुगेको छ । विगतमै नदी तर्न बनाइएको झोलुङ्ले पुल नजिकै अहिले मोटरेवल पुल बनाइएको हो ।

पुलको नारेश्वरतर्फ चट्टान रहेको भागमा सडक जोडिन २ सय मिटर बााकी छ भने जरेबरतर्फ मध्य पहाडी लोकमार्गको बाह्रकिलो बारपाक सडक जोड्न झन्डै डेढ किलोमिटर पर्छ । जहाा स्थानीय किसानको खेत छ । सडक नै नभएको ठाउामा मोटरेबल पुल बनेको देख्दा स्थानीय चकित परेका छन् ।

यो पुल गणेशकुण्ड आइएस निर्माण सेवाले निर्माण गरेको हो । गण्डकी प्रदेशका तत्कालित भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको पालामा २०७७ साल जेठ २ पुल निर्माणको सम्झौता भएको हो ।

पुलको बाटो निर्धारण भइसकेको र पुल बनेपछि मध्यपहाडी लोकमार्गबाट गोरखा सदरमुकाम आउने बाटो झण्डै ७/८ किलोमिटर दुरी काम हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कूल ५ करोड ३९ लाख रुपियााको लागतमा बनिरहेको उक्त पुल निर्माण आगामी पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ । तर पुल निर्माण सकिए पनि सडक कहिले बन्छ नागरिकले सेवा पाउाछन् भन्न सकिने अवस्था छैन ।

gorkha