७ बैशाख २०८१, शुक्रबार

पूर्वराज्य मन्त्री रेनुका गुरुङले मागिन् सुरक्षाका लागि पीएसओ

Renuka gurung

जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले सोमबार राति आफ्नो घरको गेटभित्र बम पडाएर आतंकित बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षा गर्न सरकारसँग माग गर्नुभयो ।

‘हिजो राति ८ः२५ बजे देशलाई माया गरेको मन नपराउने देशद्रोहीले मेरो घरको गेटभित्र बम पड्कायो,’ उहाँले भन्नुभयो, ‘घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ । दुईजना लोग्ने मान्छे मोटर साइकलमा गएको देखेँ । तर, अँध्यारो भएकाले चिन्न सकिनँ ।’

घटना भएपछि आफूले महाराजगञ्ज प्रहरी र गृहमन्त्रीलाई फोन गरेको भन्दै उनले प्रहरी आइसकेपछि आँगनमा आएर हेर्दा रकेट बमको खोल भेटिएको बताउनुभयो ।

आफू सांसद र पूर्वराज्य मन्त्री रहेको भन्दै उहाँले आफू र आफ्नो परिवारको सुरक्षार्थ राज्यमन्त्रीले पाउने अनिवार्य पीएसओ उपलब्ध गराउन माग गर्नुभयो ।

    सम्बन्धित समाचार...