१३ बैशाख २०८१, बिहीबार

अझै विवाद र आलोचनाको घेरामा शर्मा संसदीय समितिले सफाइ दिए पनि

ezgif.com gif maker 2

२०७८ साल असार ३० गते जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका थिए । जतिबेला देशमा करिब ११ महिनालाई धान्न सक्ने विदेशी मुद्रा संञ्चिति थियो ।

शर्माले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यताको करिब एक वर्षमा त्यो संञ्चिति घटेर अहिले ७ महिनालाई मात्रै पुग्ने अवस्थामा छ । यो एउटा संकेत मात्रै हो ।

त्यसो त बहालवाला अर्थमन्त्रीमाथि यति संगीन आरोप विगतमा कमैलाई लागेको छ । अछामका पृथ्वी शाहको शंकास्पद ४० करोड छुटाउन राष्ट्र बैंकलाई दवाव दिएको सार्वजनिक भएपछि शर्माको काममाथि औंलाहरु सोझिएका हुन् ।

मुलुक सम्पतिशुद्धिकरणको कालो सूचीमा पर्ने जोखिमा हुँदा अर्थमन्त्रीबाटै शंकास्पद रकम छुटाउन दिएको दवाव सामान्य थिएन ।

त्यसो त बजेट निर्माणको अन्तिम समयमा अनाधिकृत व्यक्ति प्रवेश गराएको घटनाले अर्थमन्त्रालयमा शर्माले कतिसम्म जरा गाड्न खोजे भन्ने स्पष्ट भएको थियो ।

त्यसका लागि संसदले बनाएको छानविन समितिले गरेको शर्मा अनुकुलको अध्ययन र मन्त्रालयको सीसी क्यामेराको दृष्य गायब भएपछि पाएको सफाइ – विवादरहित रहन सकेन ।